ह्वात्तै बढ्यो फेरि सुनचाँदीको मूल्य

काठमाडौंः साताको पहिलो दिन आइतबार सुन र चाँदीको भाऊ बढेको छ । आज सुनको भाऊ प्रतितोला १ हजार र चाँदीको भाऊ प्रतितोला २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाऊ प्रतितोला ७६ हजार २०० रुपैयाँ तोकेको छ।
आइतबार चाँदीको भाऊ प्रतितोला ७२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ