अर्थ

आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार ७६ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला ७७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको भाऊ पनि आज बढेको छ । आइतबार ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा ७६ हजार ७ सय रुपैयाँ पुगेको छ । 

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन नेपाल सुनचाँदी महासंघ

विशेष