अर्थ

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी?

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७८ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला त्यही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । सोमबार पनि आइतबारकै मूल्य ७७ हजार ७ सय प्रतितोलामा तेजावी सुन कारोबार भइरहेको छ ।  

सोमबार चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । आइतबार पनि चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।  

सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष