सुनको मूल्य हालसम्मै उच्च: प्रतितोला ८० हजार ५ सय पुग्यो
काठमाडौँ । सुनको भाउले बुधबार नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ आज एकैदिनमा तोलामा २२ सय रुपैयाँले बढेर तोलाको अहिलेसम्मकै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन पनि प्रतितोला ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
#नेपाल सुनचाँदी व्यवसायी महासंघ