सुनको भाउ बढेको बढ्यै, प्रतितोला ८० हजार ७ सय पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको भाउले दिनप्रतिदिन नयाँ रेकर्ड बनाएको छ।
बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेर अहिलेसम्मकै महंगो तोलाको ८० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ८० हजार ५ सय रुपैंयामा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन पनि प्रतितोला ८० हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदीको भाउ भने आज स्थिर छ । बुधबार तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।
#नेपाल सुनचाँदी व्यवसायी महासंघ