आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य यथावत रहेको छ ।
शुक्रबार ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला ८२ हजार २ सय रुपैयाँमा तेजावी सुन कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार पनि चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ