अर्थ

भाडामा बस्नेलाई पनि विद्यूत महसुलमा छुट

भाडामा बस्नेलाई पनि विद्यूत महसुलमा छुट

उर्जा मन्त्री बर्षमान पुन भन्छन् –सरकारले दिएको छुट ग्राहस्थ ग्राहक सबैका लागि हो । भाडामा बस्नेले सहायक मिटर लिएको त हुन्छ। तर, मुख्य ग्राहकको मिटरबाटै अध्ययन गर्ने गर्दा रहेछौँ । त्यसमा एक सय ५० युनिटमा २५ प्रतिशत छुट त पाउने नै भए । त्योभन्दा बढीको हकमा नपाउने भयो ।

घरबेटीले थप चार्ज लगाउने अवस्था छ, त्यो गर्न पाइँदैन । त्यो हामीले कानुनी विषय नै बनाउँछौँ। अवैध रूपमा त्यसरी थप रकम असुल्न पाइँदैन । हामीले जतिमा दिन्छौँ, त्यसमा बढाएर लिने गर्न पाइँदैन ।

सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ । व्यवस्था यही हो । आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब-मिटर दिने गरिएको छ। त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ । लाखौँ मान्छे, डेरामा बस्ने अवस्था छ । घरबेटीले छुट पाउने तर जुन वर्गलाई हामीले लक्षित गरेका छौँ, त्यसले नपाउने अवस्था आउन सक्छ ।

सामान्य अवस्था आएपछि हामी इन्डक्सन वा विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने नीतिका साथ अगाडि बढाउँछौँ । समग्र नीति बनाउँदा हामी त्यसलाई व्यवस्थापन गर्छौँ । 

विशेष