शुक्रवार र शनिवार काठमाडौं बाहिर गाडी जाने
सरकारले चैत २८ गते शुक्रवार र २९ गते शनिवार काठमाडौं बाहिर जाने गाडी खुलाउने निर्णय गरेको छ। कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।
समितिका सदस्य तथा भौतिक मन्त्री वसन्त नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्न बाध्य सर्वसाधरणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको बताए। उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्।
सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मदजुर र अन्य सर्वसाधरण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो। लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै घर फिरिरहेका छन्। यस्तोमा सरकारले उपत्यका छाड्न चहानेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो।