अमेरिकाद्धारा नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग
काठमाडाैं - अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । अमेरिकी सरकारले कोरोेनाविरुद्ध लड्नका लागि साे रकम दिने बताइएकाे छ ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा सजिलो हुनसक्ने भेन्टिलेटर भने अनुरोध नगरिएको बताए ।
कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको नेपालीको संख्या १४ रहेको तथ्यांंक दूतावासलाई प्राप्त भएको पनि कार्कीले बताए । मृतकको उक्त संख्यामा नेपाली मूलका अरू देशबाट आएर अमेरिकी भइसकेका नेपालीहरू पनि रहेको उनले बताए ।