अर्थ

सरकारको कमलो मन, अर्थमन्त्रीको कालोबजारी र जुबाडेसँग साँठ्गाँठ

कालोबजारी गर्न मदिरा देखि पैसा बाँड्ने गर्छ विशाल ग्रुप

सरकारको कमलो मन, अर्थमन्त्रीको कालोबजारी र जुबाडेसँग साँठ्गाँठ

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाको बजेट भाषण अघि विशाल ग्रुपका ४५ विद्युतीय गाडी सरकारी पावरमा छुटेको खुलासा भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट तयारीदेखि नै गोपनीयतालाई उच्च प्राथमिकता दिएको बताएका थिए । तर बजेट घोषणाअघि झण्डै साँढे दुई सयवटा विद्युतीय गाडी एकाएक भन्सारबाट छुटाइएको हो ।

त्यसरी बजेट अगावै चुहाइएको नयाँ भन्सार शुल्कसम्बन्धी सूचनाबाट ५५ करोड रूपैयाँ राजश्व झ्वाम् भएको छ । हुनतः भन्सारको नियममा एजेन्सीबाहेकले सवारी साधन पैठारी गरेमा जफत गर्ने व्यवस्था छ । महँगा भनिएका अरु कतिपय गाडी अधिकांश एजेन्सीमार्फत् पैठारी गरिएको थिएन । गाडी ल्याएकाहरूले पटक पटक क्याबिनेटमा निर्णय गराएर छुटाउने प्रयास पनि गरे । तर नसकेपछि महिनौंदेखि वीरगञ्ज भन्सारको यार्डमा रोकिएका थिए।

भन्सार नियममा त्यसरी एजेन्सी बाहेकले पैठारी गरेको सवारी साधन सबैभन्दा पहिले भन्सारले नै जफत गर्नुपर्छ । ती गाडीको हकमा महिनौंसम्म जफतको प्रयास नै भएन । विशेष परिस्थितिमा जफत नगरी भित्र्याउन दिने हो भने ३० प्रतिशत थप भन्सार तिर्नुपर्ने व्यवस्था छ ।

तर सरकारको मन कमलो भैदिदा ती गाडी जफत भएनन्, मामुली जरिवाना तिरेर छुट्न पाए ! उता बजेट भाषणअघिका एकाध दिनभित्र २ सय ४५ वटा विद्युतीय गाडी छुटे । विशाल ग्रुपका गाडीहरु छुटेको अर्को दिन यता मन्त्रीले भोलिपल्टदेखि आयात हुने विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ४० देखि ८० प्रतिशत थप अन्तःशुल्क लगाइदिए ।

बिसाल ग्रुप र मुरारका ग्रुपले साझेदारीमा रेनल्ड गाडी बेच्ने गर्दछ। अत्यधिक कालोबजारी गर्ने गरेको भन्दै केहि वर्ष अगाडी उपोभोक्ता अधिकार तथा आपूर्ति बिभागले रेनाल्डको कार्यालयमा छापा मारेको थियो। 

कम भन्सार मूल्यमा ल्याएको बिजुली गाडी महँगो मूल्यमा बेच्ने बिशाल ग्रुपको दाउ !

नेपाल आजले बिशाल ग्रुप को कर्तुत भण्डाफोर गरेको थियो। मुरारका ग्रुपका प्रतिनिधि सिरिस मुरारकाले भने आफुहरुले कालोबजारी नगरेको बताउछन। विशाल ग्रुपले अत्याधिक मात्रमा नेकपालाई चन्दा दिने गरेको र भन्सार, राजस्वदेखि यातायातसम्म सेटिङ गर्ने गरेको एक सन्चालक बताउछन। ह्विस्की, पैसा सबै मन्त्री, नेता तथा कर्मचारीलाई बाँड्ने बताइन्छ। विशाल ग्रुपले बेच्ने रेड लेबल र ब्ल्याक लेबल नेता तथा कर्मचारी सर्क मा लोकप्रिय छ।

बिसाल ग्रुपले ठुलो संख्यामा ल्याएको यु इभी बिजुली गाडी कालोबजारी गर्ने नियतको साथ् बजेट आउनु भन्दा आगाडी भन्सारबाट चुटाएको हो। यससबारेअर्थमन्त्रीले सूचना चुहाएको आरोप लाग्ने गर्दछ।

मन्त्रीले कतिपय कृषि बीऊ,विजन र बच्चाको दूध आयातमा कर लगाइदिएका छन् । विदेशबाट आयातित चकलेटमा यसअघि भन्सारदर ४० प्रतिशत थियो । नेपालमा महँगा विदेशी चकलेटमध्ये ८० प्रतिशत भन्दा बढी विशाल ग्रुपले पैठारी गर्छ । अशोक अग्रवालको त्यो ग्रुपले जोनी वाकर ब्राण्डका महँगा रक्सीसमेत पैठारी गर्छ । उक्त ग्रुपसँग विशेष हिमचिम भएर हो वा अर्थमन्त्रीलाई मीठो लागेर हो चकलेटको भन्सारदर एकाएक ३० प्रतिशतमा झरेको छ ।

अशोक अग्रवाल तिनै व्यक्ति हुन् जो हिजो दिउँसो कमलादीस्थित गनगौर बुटिक होटलमा जुवा खेलिरहेको बेला अन्य व्यापारीसहित पक्राउ परेका छन् । अशोक मात्र एक यस्ता व्यापारी हुन् जसलाई नेकपाको सरकारले नियम मिलाएर गुन लगाउँदै आएको छ । तर किन गुन लाइरहेकाे छ भन्ने आम जनचासोको बिषय बनेको छ ।

(विशाल ग्रुप ले गर्ने गरेको कालोबजारी, कर छली तथा ठगीको बारे थप सूचना तथा जनगुनासाे समेत प्राप्त भएको छ। हामी थप सूचना पुष्टि गरि चाँडै अन्य प्रमाणसहित सार्बजनिक गर्नेछौ: सम्पादक)

विशेष