महिला सहयात्रा लघुवित्तले गर्यो विपन्न समुदायहरुलाई राहत सहयोग
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले उक्त रुपैयाँ बराबरको राहत सहयोग गरेको हो ।
साथै, यस वित्तीय संस्थाले असार मसान्तसम्मका लागि कर्जामा ३ प्रतिशत छुट दिएको छ । वित्तीय संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहक मैत्री कर्जा नीति ल्याउँनुका साथै विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताएका छन् ।
राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस वित्तीय संस्थाको ३४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।