अपराध सुरक्षा

नेपाल आजको नाम दुरुपयोग गर्ने एन्जिना र फेक रिपोर्ट बनाउने पत्रकारको यस्तो सम्बन्ध

नेपाल आजको नाम दुरुपयोग गर्ने एन्जिना र फेक रिपोर्ट बनाउने पत्रकारको यस्तो सम्बन्ध

केही दिन अघि सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सोही नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको हत्या भयो। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा लगेर उनको हत्या गरियो ।

प्रहरी अनुसन्धानमा श्रेष्ठको हत्यामा उनकै मिल्ने नजिकका साथी ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक संलग्न भएको देखियो। राजन र हेमन्तका विचमा पैसाको लेनदेन रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ। राजनले हेमन्तसँग लिनु पर्ने सोही पैसा दिन्छौं भन्दै गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पु–याएइ कुटपिट गरेको र प्रेमले फर्माले हानेर श्रेष्ठको हत्या गरेको पाईएको छ।

घट्नाले के देखाउँछ भने– पैसाको लेनदेनका कारण वर्षौदेखिको मित्रता एकै छिनमा सत्रुतामा परिणत भयो र मित्र सत्रुमा परिणत हुदा राजनको अनाहकमा ज्यान गयो। जानकारहरुका अनुसार यो घट्ना यतिमा मात्रै सिमित छैन। यस्ता घट्नालाई अपराधका रुपमा मात्रै हेर्न नहुँने उनीहरु वताउँछन् । 

उनिहरुका अनुसार यो घट्ना एउटा उदाहरण मात्रै हो। हाम्रै समाजमा यस्ता अनगिन्ति घट्नाहरु भईरहेका छन् । जसलाई मानिसले सामान्य भन्दै पन्साई रहेका छन्, तर यो ठुलो मानसिक रोग पनि हो। कतिपय अवस्थामा सामान्य भन्दा–भन्दै यस्ता घट्ना भयानक भयानक भएका थुप्रै उदाहरण छन् । जस्ले नसोचेको रुप लिन्छ।

हुन त श्रेष्ठको हत्या घट्नालाई स्वास्थ्यसँग जोडेर तथ्य जाँच गरिएको छैन। तर, सामान्यतयाः नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भएका ब्यक्तिहरुले यस्ता घट्ना घटाउने गरेको चिकित्सहरु वताउँछन् ।

नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भएका ब्यक्तिको स्वभावमा प्रायः नाटकीय असन्तुलन देखिन्छ। यो रोगवाट पीडित भएको मान्छे प्रायः अरुको अस्तित्व स्विकार्दैन वा अरुलाई महत्व दिनुभन्दा आफूलाई महत्व दिन र देखाउन खोज्छ। सबै बानीव्यहोरामा, वर्णन र उदाहरणमा, घटना र परिवेशमा उसले आफुलाई मात्र केन्द्र भागमा राख्छ। आफुले आफुलाई पीडित देखाउँछ, अरुको अगाडि आफुलाई ‘विचरा’ जस्तो वनाउँछ र मौका पाउनासाथ संकोच नमानी आपत्तिजनक आरोप लगाउने तथा अकल्पनीय घट्ना घटाउँछ। आफनो इमेज राम्रो देखाउँन झुक्न पनि तयार हुन्छ, म भद्र हुँ भन्ने देखाउँछ। तर, आफुले भने जस्तो नभए आक्रमक हुने र भावनात्मक स्थिरता गुमाएर अकल्पनिय घट्ना घटाउँछ। उग्र हुन्छ, रिस उठेको मान्छेको विरुद्ध जस्तो सुकै कदम उठाउँछ।

मनोरोगीलाई परामर्श दिने संस्थाहरुको भाषामा त्यस्तो रोगलाई अनियन्त्रित आनीबानीबाट विश्लेषण गरिन्छ। कुनै व्यक्ति असामान्य वा अप्राकृत्रिक रुपमा जिद्दी देखियो भने, उसको आक्रामकताको असन्तुलन देखियो भने, उसको व्यवहार सामाजिक अन्तक्रियासँग मेल खाएन भने तुरुन्त उपचार गराउनपर्छ। 

यस्ता घट्ना समाजमा, कार्यालयमा वा अन्य अनेक ठाउँमा हुन्छन। श्रेष्ठको हत्या घट्नामा पनि कतिपय लक्षणहरु नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरसँग मिल्दाजुल्दा देखिएका छन् । तथापी यो घट्नालाई स्वास्थ्यसँग जोडेर तथ्य जाँच गरिएको छैन। यतिमात्र होईन, यही प्रकृतीको एउटा घट्ना हालसालै मिडिया सेक्टरमा पनि देखिएको छ। तर, यो घट्नाको पनि तथ्य जाँच भएको छैन। यद्यपी घट्नाको प्रकृति हेर्दा नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरको अवस्थालाई नकार्न भने सकिदैन।

घट्ना यस्तो थियो...
गत मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले आफूलाई पत्रकार वताउँने एन्जिना कार्की नामकी युवतीलाई पक्राउ गर्यो। उनले अरुलाई डर÷त्रास देखाएर पैसा असुल्ने गरेको प्रहरीले आरोप लगाएको छ।

एन्जिनाले पछिल्लो पटक ज्ञानेन्द्र शर्मा नामका ब्यक्तिवाट १६ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ भने पैसा लिने क्रममा ‘अन्य मिडियालाई पनि दिनु पर्छ’ भन्दै उनले वार्गेनिङ्ग गरेको पाईएको छ। उनले न्यूज ट्वान्टी फोर, सगरमाथा टेलिभिजन र नेपाल आज अनलाईका सञ्चालक माधव गुरागाईको नाम लिएर पैसाको वार्गेनिङ्ग गरेकी छिन्।

आश्चर्यको कुरा के छ भने, एन्जिना ठगी आरोपमा पक्राउ परेको विषय करिव एक हप्ता मिडियाको नजरमा परेन। अरु मिडियाले खासै चासो दिएनन्। तर, उनकै पुराना मित्र ध्रुव रिजालले जव यो घट्नाको वारेमा जानकारी पाए, त्यसपछि सनसनीपुर्ण समाचार वाहिर आयो। एन्जिनाको विषयमा रिजालले नै आधा घण्टाको एउटा टेलिभिजन रिपोर्ट तयार पारे।

उनले किन एन्जिनाको खेदो गरे भन्ने त पुष्टि भएको छैन। तर, यो घटना पनि राजन श्रेष्ठको हत्या घटनासँग मिल्दो जुल्दो देखिएको छ। एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । उनले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यसपछि हिमालय टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । करिव १० वर्ष अगाडि हिमालय टेलिभिनमा काम गर्दा ध्रुव र एन्जिना सहकर्मी थिए। ध्रुव पुर्वको शहर विराटनगरवाट रिपोर्टिङ्ग गर्थे भने एन्जिना टेलिभिजनको डेस्कमा वसेर जिल्ला–जिल्लावाट आएका समाचार टेलिभिजनका लागि अन्तिम रुप दिन्थिन।

यही क्रममा उनीहरुको मित्रता झांगिदै गयो। विस्तारै ध्रुव पनि राजधानी काठमाण्डौ छिरे। सहकर्मीहरुका अनुसार ध्रुव काठमाण्डौं छिरेपछि उनीहरुको मित्रता अझै प्रगाढ वन्दै गयो। इन्जिना सरल र मिजासिलो स्वभावकी थिईन। उनिहरुको मित्रता देखेर प्रायः सवैले इर्स्या नै गर्थे । 

काम गर्दै जाने क्रममा एन्जिनाको प्रगति वढ्दै गयो। घर, गाडि, पैसा, पहुँच सवै कुरामा एन्जिनाले फड्को मारिन। ‘दिन दुई गुणा चार गुणा’ भने झै एन्जिना हरेक कुरामा ध्रुव भन्दा अगाडि थिईन। तर, ध्रुवले खासै प्रगति गर्न सकेनन्। टेलिभिन स्क्रिनमा पनि नदेखिने, पैसा पनि कमाई नहुने भएपछि उनी विरक्तिन थाले। हुदा हुँदै समाचार लेख्ने र त्यसलाई वार्गेनिङ्ग गरेर २÷४ हजार उठाउँदैमा ध्रुवको दिन वित्न थाल्यो। अहिले त उनको नाम नै ‘५ हजारे पत्रकार’ मा गणना हुन थालेको छ।

उनको यही स्वभाव उनका लागि दुस्मन वनेको छ। उनले हिमालय टेलिभिजनका मालिक ललित अग्रवाल र उनको परिवारका विरुद्ध समेत अनर्गल समाचार लेखे। उक्त टेलिभिनमा काम गर्ने महिला कर्मचारीहरुलाई आफनो रुममा वोलाउने अनि उनीहरुले खाएको, वोलेको, वसेको लगाएतका विषयमा तेस्रो ब्यक्तिलाई सुनाउँदै हिड्न थाले। जस्ले गर्दा उनलाई त्यहाँवाट निकालियो।

कृष्ण आचार्यको काठमाण्डौं टुडेमा काम गर्दा पनि समाचार असन्तुलित भएकोमा उनले गालि खाने गरेका थिए । यस वाहेक महिला सहकर्मीलाई आपत्तिजनक शब्द प्रयोग गर्ने, सोझो पत्रकारलाई गाई भन्ने, ‘यसले चिया खाएको पैसा पनि तिर्दैन’ भन्दै होच्याउने लगायतका स्वभावका कारण उनी एउटै मिडियामा टिकेर काम गरेको विरलै पाईन्छ। अगाडि रहुन्जेल सवैको प्रसंसा गर्ने अनि पछाडि पर्नासाथ आलोचना गर्ने उनको स्वभाव छ।

उनी जुन मिडियामा काम गर्छन, केही समयपछि निकालिन्छन् । हिमालय, एभिन्युज, काठमाण्डौं टुडे, नेपाल आजलगायतका अधिकांश मिडियावाट उनलाई निकालिएको छ। उनले टेलिभिनका एंकरलाई समेत विभिन्न ब्यक्तिको नाम जोडेर वेईजत गर्ने र चरित्र हत्या गर्ने गरेको उनका सहकर्मीहरु नै वताउँछन् । रिजाल अहिले योहो टेलिभिनमा कार्यरत छन्।

पछिल्लो पटक उनले लेखेको समाचारपछि नै एन्जिनाले मिडियाको दुरुपयोग गर्ने गरेको घट्ना सार्वजनिक भयो भने एन्जिनासँगको विचमा दुस्मनी चलिरहेको कुरा पनि देखियो। ध्रुव र एन्जिनाको घट्नाले मित्रता दुस्मनीमा वदेलिएपछि कति भयानक हुन्छ ? भन्ने कुरा पनि पुष्टि भएको सहकर्मीहरु वताउँछन्।

यस विषयमा एन्जिना प्रहरी हिरासतमा रहेकाले प्रतिक्रिया लिन सकिएन। तर ध्रुवले भने  प्रतिक्रिया दिन चाहेका छैनन्। उनको मोवाईलमा पटक पटक सम्पर्क गर्दा समेत उनले फोन उठाउँदैनन्। यद्यपी दुवै जनाले प्रतिक्रिया दिन चाहे समाचारमा स्थान दिईने छ।

र  यो पनि, 

समाचारका नाममा ‘ब्ल्याकमेलिङ’ चक्र, सहकारी ठग्ने पत्रकारले सिकाए ‘इथिक्स’ 

एन्जिना कार्की ध्रुव रिजाल

विशेष