अपराध सुरक्षा

महोत्तरीमा डकैती , आठ लाखको धनसम्पति लुटपाट

महोत्तरीमा डकैती , आठ लाखको धनसम्पति लुटपाट


महोत्तरी 
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर–६ संग्रामपुरमा  सोमवार मध्यरातिमा डकैती भएको छ  ।
स्थानियवासीका अनुसार नवलकिशोर यादवको घरमा १२÷१४ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्।उनीहरुले करिव ८ लाख नगद र ३÷४ तोला सुन लुटेर फरार भएको उनका छिमेकी राजिशरण यादवले जानकारी दिए । उनले दिएको जानकारी अनुसार घरको मूल ढोका तोडेर डाँकाहरु राती करिव १२ बजेको समयमा घरभित्र प्रवेश गरी नवल किशोर लगायत परिवारका अन्य सबै सदस्यहरूलाई एउटै कोठा भित्र थुनेर बाँकी कोठाहरुबाट नगद र गरगहना लुटेर फरार भएका थिए ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 
 

महोत्तरी भङ्गहा नगरपालिका

विशेष