फोटो

१७ फोटोमा देशको दृष्य

१७ फोटोमा देशको दृष्य

भनिन्छ, हजार शब्दको वर्णन एउटा फोटोले गर्न सक्छ । यसको अर्थ शब्द भन्दा फोटोको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छ, तर भावनालाई साँच्चै भावनामा परिवर्तन गर्ने तागत भने फोटोले राख्छ। यसै मान्यतालाई आधार वनाएर शुक्रवार देशभरवाट प्राप्त केही फोटोहरु यहाँ प्रस्तुत गरिएको छ । फोटोः रासस

१.  माथिल्लो मनाङबाट शुक्रबार देखिएको सुन्दर गङ्गापूर्ण हिमाल । 

माथिल्लो मनाङबाट शुक्रबार बिहान देखिएको सुन्दर तिलिचो पिक । यस पिकको आडमा विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल रहेको छ ।

३ जथाभावी उत्खनन कार्य तीव्र– डोल्पाको सदरमुकाम दुनैलाई जोखिमबाट जोगाउका लागि करोडौँ बजेट खर्च भए पनि काम प्रभावकारी नहुँदा झन जोखिममा ।  कान्छाराम थोदुङ्ग क्याराभान जेभीले नदीमा जथाभावी डोजर प्रयोग गरी चारैतिर धमाधम ढुङ्गा उत्खनन कार्य तीव्र बनाएपछि सदरमुकाम जोखिममा परेको हो  ।

४ सुत्केरीलाई पोसिलो खानेकुरा– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका सुत्केरीलाई पोसिलो खानेकुरा वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर । पोषण र सरसफाइको अवस्था सुधारका लागि अन्नपूर्ण गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । 

५ नाक्चेलागनमा चट्टान चौडा बनाउँदै– नाग्म–गमगढी सडक खण्डअन्तर्गत नाक्चेलागनमा रहेको चट्टान चौडा बनाउँदै डोजर । देशकै पर्यटन क्षेत्र रहेको रारा ताल जाने सो सडक प्रयोग हुने गरेको छ । पछिल्लो समयमा सो सडकलाई सडक डिभिजन कार्यालय जुम्लाले सडकलाई स्तरवृद्धिमा जोड दिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

६ स्याउ बगैँचाका लागि रायसल्लाह– जुम्लाको तातोपानी गाउँपालिका– ६ मा रहेको हियाखोलमा स्थापना हुने नमुना स्याउ बगैँचाका लागि रायसल्लाह लिँदै सो वडाका स्थानीयवासी र गाउँपालिका जनप्रतिनिधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि प्रविधिक । सो स्थानमा पाँच हजार ७०० स्याउका बिरुवा लगाउने स्याउ सुपरजोन कार्यालय जुम्लाका कार्यालयप्रमुख नमराज भण्डारीले बताए।

७ तनहुँसुर दरबार पुनःनिर्माण गरिँदै– जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा रहेको दरबारको पुनःनिर्माण गरिँदै । रु ७० लाखको लागतमा पुनःनिर्माण कार्य थालिएको हो । 

८ काम गर्दै मजदुर– जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा रहेको दरबारको पुनःनिर्माण कार्यमा काम गर्दै एक मजदुर । रु ७० लाखको लागतमा पुनःनिर्माण कार्य थालिएको हो ।

९ टनेलमा लगाएको काँक्रा खेती– कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाका महिला टनेलमा फलेको काँक्रा देखाउँदै । यहाँका किसानले काँक्रालगायतको तरकारीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

१० डोको बेच्दै ज्येष्ठ दम्पती– शुक्लाफाँटा नगरपालिका– १० स्थित झलारी बजारमा डोको बेच्न बसेका ज्येष्ठ दम्पती । 

११ सञ्चारकर्मी मल्ल– सञ्चारकर्मी सुमन मल्ल । मधुमेह, बाथ र उच्च रक्तचापका विरामी मल्ल आर्थिक अभावका कारण उपचार गर्न नसक्दा छायाँनाथ नगरपालिका–१ स्थित घरमा थलिनु भएको छ । 

१२. पशुपंक्षीलाई आहार खुवाउँदै राष्ट्रिय खेलाडी– पूर्व भलिबल राष्ट्रिय खेलाडी शिवराज भाट आफ्नो फर्ममा पशुपंक्षीलाई आहार खुवाउँदै  । 

१३. मौलिक पोशाकमा सजिएका महिला– म्याग्दी सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा सहभागी हुन आएका नेवारी मौलिक पोशाकमा सजिएका महिला । 

१४. एक सुत्केरीको रोदन– श्रीमानले छाडेर गएपछि काठमाडौँको काँडाघारीकी डेढ महिने सुत्केरी विनिता भूजेल शिशुका साथ खिन्न मुद्रामा । श्रीमान नभएपछि सुत्केरी उतार्नसमेत उहाँलाई सकस भइरहेको छ । उहाँ सुत्केरी उतार्नका लागि भएपनि सहयोगको याचना गरिरहनु भएको छ ।

१५. सुन्तला बेच्नका लागि ग्राहक कुर्दै– काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकको फुटपाथमा सुन्तला बेच्नका लागि ग्राहक कुर्दै बसेका महिला ।

१६. एक जोडी विदेशी पर्यटक– पोखरा–१८ खपौँदीबाट फेवाताल र आसपासको दृश्यावलोकन गर्दै तस्वीर लिँदै एक जोडी विदेशी पर्यटक । 

 

१७. वृद्धका आँखाको मोतियाविन्दुको शल्यक्रिया डा गुरुङ– जिल्ला अस्पताल लमजुङ र जिल्ला आखाँ उपचार केन्द्र लमजुङको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया शिविरमा शुक्रबार आँखा अस्पतालका चिकित्सक अन्जु गुरुङले एक वृद्धको आखाँको शल्यक्रिया गर्दै । नौ सय दुई जनामा परिक्षण गरिएकोमध्ये ९० जनामा आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएअनुरुप बिहिबारदेखि शनिबारसम्म ९० जनाकै शल्यक्रिया हुने भएको छ । 

विशेष