अर्थ प्रदेश २

बारामा केरा खेती गर्ने किसानहरु बिमा तर्फ आकर्षित

बारामा केरा खेती गर्ने किसानहरु बिमा तर्फ आकर्षित


बारा
दुई वर्ष देखि संचालन भएको बिमा कार्यक्रम करिब २ सय ४३ जना बिमा गराएका नगरपालिकाले जनाएका छन ।

बिमाको ७५ प्रतिशत नेपाल सरकारव्दारा अनुदान दिइएको छ । किसानले २५ प्रतिशत तिर्नुपर्ने हुन्छ । किसानले तिर्नुपर्ने २५ प्रतितमा १२.५ प्रतिशत निजगढ नगरपालिकाले थप अनुदान किसानलाई दिएसंगै निजको केरा किसानको बिमा गर्नेको संख्या बढेको छ । निजगढ नगरपालिकाका सुचना अधिकारी रबिन घिमिरेले किसानहरुलाई अनुदान दिन थालेपछि किसानहरु उत्साहित देखिएको बताए । उनले अहिले बिमा गरिन थालेपछि किसानहरु केरा खेती तर्फ आकर्षित हुन थालेका छन । 
केरा किसानको प्रति कठ्ठा ६० बोट केराहरु बिमा गरिदै आएको छ । निजगढ नगर भित्रमा मात्रै गत आर्थिक वर्षमा १सय ३० जना कृषकहरुको करिब १ सय ४६ विघा ५९ कठठा केरा बिमा गरिएको थियो । त्यस समयमा नगरपालिकाबाट १० प्रतिशत अनुदान दिइएको थियो । यस आर्थिक वर्ष २ सय ४३ जना कृषकको करिब २ सय ९० विघा जमिनमा रहेको केरा बिमा गराई सकेका छन । केरा रोपेको १५ दिन भित्र बिमा गराउनुपर्ने हुन्छ । किसान बिमा प्रति आकर्षित भएकाले कपितय बिमाको प्रक्रियामा रहेका छन । सुरुको पहिलो वर्षमा बिमा गर्न आनाकानी गरेका व्यवसायीहरुले पछिल्लो वर्ष भने केही खुलेर बिमा गर्न थालेका छन । केरा किसान हिरा बहादुर थापा मगरले किसानहरुलाई बिमको लागि नगरपालिकाले अनुदान दिन थालेपछि किसानहरुलाई समेत सहज भएको बताए । खेती गर्दा किसानहरुाई लागनी धेरै गरिएको र बिमाबाट धेरै लाभान्वित भएको उनले बताए  ।बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पकेट क्षेत्र हो । केरा ब्लकबाट विकसित हुदै केरा जोन स्थापित यस नगरपालिका भित्रमा मात्रै करिब १२ सय विघाभन्दा बढिमा किसानहरुले व्यवयासीयक रुपमा केरा खेती गर्दै आएका छन । अन्य बालीको तुलनामा खेती गर्न सजिलो मेहनत कम र आम्दानी बढि हुने गरेकाले किसानहरु यस तर्फ बढि आकिर्षत भएका छन । 
मालभोग केराको पकेटक्षेत्र मानिएको निजगढलाई सरकारले केरा जोनको रूपमा विकास गरी कृषि अनुदानमा सहजीकरण गर्न कृषकहरूको समेत आग्रह छ ।गत आर्थिक वर्षमा एक खर्ब ६० अर्बको कृषिजन्य वस्तुमात्रै आयात भएको तथ्यांकले देखाएको छ । पाँच दशकदेखि उखु खेती गर्दै आएका निजगढका किसानले पछिल्लो समय ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा केरा खेती गर्न थालेपछि नगरपालिका पँहेलपुर बनेको हो । बोटमै प्रतिकोसा ४ रुपैयाँसम्म विक्रि हुन थालेपछि किसानहरूको आकर्षण केरा खेतीमा बढेको हो । नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत जनता कृषि पेशामा रहेका छन् ।
 

बारा केरा खेती कुल जनसंख्या

विशेष