फोटो

देशको दृष्य

देशको दृष्य

देशको दृष्यमा आज दुःख, सुख, खुसीयाली, पीडा, यात्रा, मनोरञ्जन, अभियान, प्रकृति सवै क्षेत्रलाई समेटेर १४ फोटोमा देश देखाउने प्रयास गरिएको छ । फोटोः रासस


जलयात्रा– विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीमा सोमबार गरिएको जलयात्रामा सहभागी दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दलगायत । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको छ ।


सेवा लिन आएका विरामी– तुलसीपुर उपमहानगरपालिका–१८स्थित नगर स्वास्थ्य केन्द्रमा सेवा लिन आएका विरामी । नगर स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सामान्य विरामीको सो केन्द्रबाटै उपचार हुने गरेको छ ।


गैंडा गणना शुभारम्भ– राष्ट्रिय गैंडा गणना सोमबारदेखि सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेम आलेबाट उक्त गणनाको शुभारम्भ ।


ज्येष्ठ नागरिकलाई परिचयपत्र– तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ज्येष्ठ नागरिकलाई सोमबार परिचयपत्र वितरण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल । गाउँपालिकाले आइतबारदेखि ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण सुरु गरेको छ ।


राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाको भेटवार्ता– बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।


कोभिडविरुद्धको खोप लगाउँदै– लमजुङको जिल्ला अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पहिलो चरणको कोभिड विरुद्धको खोप लगाउन  छुटेकाहरु सोमबार  खोप लगाउँदै  ।


फेवाताल पुरिएर बनेको जमिन– पोखरा –१८ खपौदीमा फेवाताल पुरिएर बनेको जमिन । पोखरा महानगरका प्रमुख मानबहादुर जिसी  अहिले दुई हजार ६५२ रोपनी चाहिँ  फेवाताल पुरिएर  जमिन बनेको  बताउनुहुन्छ  ।


सामुदायिक वन उपभोक्ता  ग्यास सिलिण्डर र चुलो घर लैजाँदै– शुक्लाफाँटा नगरपालिका–८, बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वनका उपभोक्ता समुहले निःशुल्क रुपमा उपलब्ध गराएको ग्यास सिलिण्डर र चुलो बोकेर घर  लैजाँदै उपभोक्ता ।


सुकुम्बासीको तथ्याङ्क सङ्कलन– कैलालीको टीकापुर नगरपालिका वडा नं।१ को एकतानगर शिविरमा सुकुम्बासीको तथ्याङ्क सङ्कलन गर्दै नगरपालिकाले खटाएका कर्मचारी ।

 

जुत्ता सिलाउने पेशाबाट घरखर्च धान्दै– जुम्ला सदरमुकाम खलङ्गा बजारमा जुत्ता सिलाउँदै चन्दनाथ नगरपालिका– ४ का ५८ वर्षीया जयरुप नेपाली । सो पेशाबाट उनले घरखर्च धान्दै आएका छन् ।


फेवाताल बाँधको नयाँ स्वरुप– बयालीस वर्षपछि मर्मत गरिएको पोखरा– १७ ड्यामसाइडस्थित फेवाताल बाँधको नयाँ स्वरुप । विसं २०३५ मा निर्माण गरिएको बाँध अहिले बल्ल पानीको सतह घटाएर मर्मत गरिएको हो ।


अस्ताउँदै गरेको सूर्य– पोखराको फेवातालबाट देखिएको अस्ताउँदै गरेको सूर्य ।


अखाद्य वस्तु नष्ट गरिँदै– तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित न्यु झलक दालमोठ उद्योगबाट आइतबार अनुगमनका क्रममा बरामद भएको अखाद्य वस्तु नष्ट गरिँदै । उद्योगले खाद्य अनुज्ञापत्र नलिई सामग्री उत्पादन गरेको पाइएपछि उद्योग बन्द गराइएको छ ।


सिपराज बुँगेचरा– पोखरा महानगरपालिका–६ जरेवरस्थित फूलको बोडमा  सिपराज बुँगेचरा ।


 

देशको दृष्य

विशेष