फोटो

देशको दृष्य

देशको दृष्य

देशभरीका उत्कृष्ठ मध्ये १० फोटो देशको दृष्यमा। फोटोः रासस

राष्ट्रपति भण्डारी विमानस्थलमा– राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मङ्गलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा । राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न मन्त्रिगण, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो । 

औषधि अवलोकन गर्दै मुख्यमन्त्री गुरुङ– लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशानालय पोखराको आयोजना तथा यस गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको लागि ल्याइएको औषधिको अवलोकन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । यहाँ मंगलबारदेखि बुधबारसम्म उक्त शिविर सञ्चालन हुन लागेको छ ।

 

बाघको छाला तथा हाड्डीसहित गुरुङलाई सार्वजनिक गर्दै– बाघको छाला तथा हाड्डीसहित पक्राउ परेका लमजुङ दोर्दी गाउँपालिका – ६ स्थित सिमिका ३४ वर्षीय युवा मनराज गुरुङलाई छाला तथा हड्डीसहित मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गर्दै ।

 

आन्तरिक पर्यटक तस्वीर र टिकटक बनाउन व्यस्त– पोखरा महानगरपालिका–६ क्याम्पिङ चोकस्थित  फेवाताल छेउमा पर्यटक आकर्षणका लागि राखिएका रङ्गिन छातामुनि तस्वीर खिच्न र टिकटक बनाउने आन्तरिक पर्यटकको भीड बढ्दै।

 

बख्रा फार्म– मेचीनगर नगरपालिका–१४ मा वैदेशिक रोजगारीबाट फर्केर ४१ वर्षीय विजय नेपालले सञ्चालन गरेको झापाकै नमुना बोयर बाख्रा फार्म ।

 

अभिभावकबिहीन पाँच बालबालिका– पर्वतको जलजला गाउँपालिका– २  माझफाँटमा अभिभावकबिहीन बनेका १ बालकसहित पाँच बालबालिका ।


आयुर्वेद स्वास्थ्य केन्द्रको नवनिर्मित भवन– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा निर्माण गरेर सञ्चालनमा ल्याइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन । रु सात करोड ३६ लाख २१ हजार १७९ लागतमा निर्माण सम्पन्न गरिएको उक्त भवन मङ्गलबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

 

सगरमाथा मापन दलका सदस्य कार्की– सगरमाथाको उचाई मापनका लागि आधा शिविरबाट माथि उक्लिने क्रममा नापी अधिकृत तथा सगरमाथा मापन दलका सदस्य रविन कार्की ।

 

दुर्घटनाग्रस्त बस– पब्लिक ज्ञान ज्योति सेकेन्डरी स्कुलको विद्यार्थी लिएर मङ्गलबर बिहान आउँदै गर्दा  दाङको तुलसीपुर उपमहानगरपालिका–१५, सरैयाडाँडामा दुर्घटना भएको बस ।

 

भकुण्डेचौर– म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको ऐतिहासिकस्थल भकुण्डेचौर । यहाँ मल्लकालमा राजा भर्तीबम मल्लले राज्य गरेका थिए ।

देशको दृष्य

विशेष