फोटो

देशको दृष्य

देशको दृष्य

११ फोटोमा ११ चैतको देशको दृष्य। फोटोः रासस

विरामी स्टेचरमा बोकेर ल्याइँदै– छेडागाड नगरपालिका –१२ सिरुगाडकी २७ बर्षीया निर्मला महतारालाई दुइ दिनदेखि सुत्केरी वेथा लागेर सुत्केरी हुँन नसक्दा हेलिकोप्टर अवतरण गर्ने स्थल मनघाटसम्म स्टेचरमा बोकेर ल्याइँदै ।


 
 

नाकामा पुनः कडाई– भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नेपालमा फैलिन नदिन वीरगञ्ज भन्सार नाकामा सतर्कता अपनाएर टाङ्गामा यात्रुको परीक्षण गरिँदै । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले भारतबाट आउनेको सिमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुको एन्टिजिन टेस्ट गर्ने र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने जनाएको छ ।

 

प्रधानमन्त्री ओलीबाट एमाले मुख्यालयको नयाँ भवन निरीक्षण– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार  थापाथलीमा नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको निरीक्षण  गर्दैं ।

 

चित्रकलामा सर्वसाधारणको रुचि– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएको चित्रकला अवलोकन गर्दै सर्वसाधारण । प्रदर्शनीमा करिब २०० चित्र राखिएको छ ।

 

अकला मन्दिर– तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

 

लोपोन्मुख घुमाउने घर– लमजुङको राइनास नगरपालिका–९, राइनासमा रहेको परम्परागत शैलीको घुमाउने घर । संरक्षण अभाव र वेवास्ताका कारण हराउँदै गएका यस्ता घरहरुको यति बेला नयाँ पुस्ता र पर्यटकको रोजाइमा पर्न थालेको छ ।

 

बगलुङ बजार–  बागलुङ नगरपालिका–१० भकुण्डेबाट देखिएको बागलुङ बजार ।

 

राइनास घरवासमा पर्यटक बढे– लमजुङ राइनास नगरपालिका–९  रहेको राइनास घरवास (होमस्टे) गाउँ ।  समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा कोभिड सङ्क्रमणको जोखिम कम हुन थालेपछि यतिबेला दैनिक २००÷३०० जना पर्यटक आउन थालेसँगै घरवास सञ्चालकले राम्रो आम्दानी गर्न थालेका  छन् ।

 

गोतामकोट गाउँमा पर्यटक– आठबीसकोट नगरपालिका –५, ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको संख्या अत्यधिक बढेको छ ।

 

कुवा निर्माण गरिँदै– जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारका स्थानीयबासी कुवा निर्माण गर्दै । पछिल्लो समयमा भएका कुवाहरु संरक्षणको अभावमा विस्थापित हुँदै गएका छन् ।

 

तातोपानी कुण्डमा नुहाउनेको भीड– बेनी नगरपाकिला ४ सिँगा तातोपानीस्थित तातोपानी कुण्डमा डुबेर उपचार लिँदै बिरामी र आन्तरिक पर्यटक । यहाँ अहिले दैनिक ५०० भन्दा बढी बिरामीले डुबेर उपचार लिइरहेका छन् ।

देशको दृष्य

विशेष