फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटो रासस

होलेरी बजार वरपर क्षेत्र– रोल्पाको होलेरी बजार वरपर क्षेत्र । अहिले यातायातको सुविधाका कारण सहज रुपमा यहाँ पुुग्न सकिन्छ । 

 

चौँरी दुहुँदै– डोल्पो बुद्ध गाउँपालिका –३ धो तराप डोल्पामा चाँैरीको दूध दुहँदै स्थानीयवासी ।  यहाँ दूधको मुख्य माध्यम चौँरी नै रहेको छ ।

 

ताक्सीमा हिउँ– समुद्री सतहदेखि चार हजार २०० मिटर अग्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३, ताक्सीमा चैत महिनामा पनि नपग्लेको हिउँ । हिउँकै कारण यहाँ विकास निर्माणको काम हुनसकेको छैन । 

 

पाँचखालमा ‘जियोफिजिकल सर्भे’ यन्त्र– खोजअनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको प्रमाण भेटिएपछि पुरातत्व विभागद्वारा उक्त क्षेत्रमा बिहीबार राखिएको ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) यन्त्र । बेलायतस्थित दूरहाम विश्वविद्यालयको विज्ञ टोली र विभागका प्रतिनिधिले पाँचखाल–७ तथा वरपरको सम्पदा क्षेत्रमा पहिलो चरणमा जमीनमुनि केकस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल गर्ने जनाइएको छ ।

 

रेन्बो ट्राउटको स्रोत केन्द्र– साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले मखमलेमा सामूहिक रुपमा पालन सुरु गरेको रेन्बो ट्राउटको पोखरी । आगामी दिनमा रेन्बो ट्राउटको स्रोत केन्द्र बनाउने उद्देश्यले रेन्बो ट्राउट माछा, भुरा तथा तिनीहरुलाई आवश्यक पर्ने दाना उत्पादन गर्न तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आवद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् ।

 

अल्लोको लुगामा आकर्षण– संखुवासभाको खाँदबारी नगरपालिका–१ का अल्लो व्यवसायी विश्व लिम्बू ग्राहकलाई अल्लोको कपडा देखाउँदै । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने हुँदा यसको माग देशविदेशसम्म हुने गरेको छ ।  जिल्लामा २९ अल्लो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जनाएको छ ।

 

माछा मार्दै युवा– पोखराको फेवातालस्थित डुङ्गामा बसेर बल्छीबाट माछा मार्दै युवा ।

 

आगो लगाउँदा सयौँ बोटबिरुवा नष्ट– शिवालय गाउँपालिका–९ मा रहेका सामुदायिक वन समूहमा जथाभावी आगो लगाउँदा सयौँ बोटबिरुवा नष्ट भएका छन् ।

धौलागिरि हिमाल– म्याग्दीको  बेनी नगरपालिका– २ गौश्वाराबाट देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य । 

विद्यार्थीले उत्पादन गरेको च्याउ– म्याग्दीको  मालिका गाउँपालिका– ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीले टनेलभित्र उत्पादन गरेको च्याउ ।

कांकिर चरा– पोखरा महानगरपालिका–६ जरेवरस्थित बिहीबार बिहान  फूलको रुखमा  देखिएको कांकिर चरा ।

 
 

मनाङका पहाड: हिउँले सेताम्मे– बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको  छ ।  हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड ।

देशको दृष्य

विशेष