फोटो

देशको दृष्य

देशको दृष्य

उत्कृष्ठ १० फोटोमा देशको दृष्य। फोटोः रासस
सामुदायिक वनबाट पात बोकेर ल्याउँदै महिला– शुक्लाफाँटा नगरपालिकाका ७ का महिलाहरु सामुदायिक वनबाट  रुखका पात बोकेर ल्याउँदै । सुकेका पातहरुबाट मल बनाई खेत बारीमा प्रयोग गर्दछन् ।

 

पुनहिलमा पर्यटक– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिलमा शनिबार बिहान पुगेका पर्यटक । समुद्र सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको यस स्थलमा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र लालीगुँरास अवलोकन गर्न केही दिनयता पर्यटकको चहलपहल बढेको छ ।

 

सडकमा गिटी बिछ्याउदै मजदूरहरु– कालीगण्डकी करिडोरको पाल्पा रामपुर खण्डमा सडकमा गिटी बिछ्याउने, कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

 

चैते धान रोप्दै किसान– कैलालीको भजनीका किसान चैते धान रोप्दै । वर्षात्मा बाढी र डुवान हुने भएकाले भजनीका किसानले चैते धान खेती गर्ने गरेका छन् ।

 

नाला निर्माण– तनहुँको आँबुखैरेनी गाउँपालिकादेखि छिम्केश्वरी जाने सडक कालोपत्रेका लागि नाला निर्माण गरिँदै । १२ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि यतिबेला धमाधम नाला निर्माण भइरहेको छ ।

 

ह्विलचियरमा अस्पताल जाँदै– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि ह्विलचियरमा आउँदै सर्वसाधारण । केन्द्रमा दैनिक एक सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

 

वच्चासँगै गिट्टी कुट्दै– छेडागाड नगरपालिका–८ घर भइ हाल भेरी नगरपालिका–३ मा तीन वर्षीय छोरा साथमा लिएर गिट्टी कुट्दै पवित्रा परियार । उनले पाँच सन्तानको पालनपोशन गर्नका लागि गिट्टी कुट्नु पर्ने बाध्यता रहेको छ ।

 

लोकमार्गको चट्टान काटिदै– राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ खण्डको अन्र्तगत कुस्मामा चार लेनको सडक विस्तार गर्नका लागि चट्टान काटिंदै ।

 

शिविरमा आँखा परीक्षण गराउँदै वृद्ध– नेपाल पत्रकार महासङ्घको ६६औँ स्थापना दिवसको अवसरमा दिक्तेलमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा आँखा परीक्षण गराउँदै वृद्ध । पत्रकार महासङ्घ खोटाङ, आँखा उपचार केन्द्र दिक्तेल र ज्येष्ठ नागरिक सङ्घको संयुक्त व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो ।

 

लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्ध– बारेकोट गाउँपालिका–२ लिम्सामा घाइते अवस्थामा भेटिएको हिमाली गिद्धलाई उपचार गर्दै बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह । उहाँले यो भन्दा अगाडि छ वटा गिद्धको उपचार गरिसक्नु भएको छ ।


 

देशको दृष्य

विशेष