फोटो

देशको दृष्य

देशको दृष्य

११ फोटोमा देशको दृष्य। फोटोः रासस

पाकेको गहुँ काट्दै– रुपन्देहीको सैनामैना नगरपालिकास्थित कर्माहामा नगरपालिकाले दिएको अनुदानको गहुँ काट्ने मेशिनमार्फत गहुँ काट्दै स्थानीयवासी ।

 

अपाङ्गता भएकालाई आर्थिक सहयोग– तनहुँको व्यास नगरपालिकाको सहयोगमा रिसेड तनहुँद्वारा शनिबार अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गर्दै उपप्रमुख मीरा जोशी । २८ जना अपाङ्गता भएकालाई आयआर्जनमा सघाउन रु ७ हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

 

आन्तरिक पर्यटक– कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित चर्चित पर्यटकीय क्षेत्र अष्ट्रेलियन क्याम्पमा रमाउँदै आन्तरिक पर्यटक ।

 

घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

 

चीरमा पूजा गरिँदै– होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।

 

पोखरी संरक्षण– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको विद्युत प्राधिकरणचोक नजिकैको पुरानो पोखरी संरक्षणका लागि पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल लगाउँदै श्रमिक । नगरपालिकाले नगरभित्रका पुराना पोखरीहरुको संरक्षण अभियान थालेको छ ।

 

होली खेल्न  भेला भएका सर्वसाधारण– होली पर्वका अवसरमा आइतबार काठमाडौँको बसन्तपुरमा होली खेल्न भेला भएका सर्वसाधारण ।

 

लेर क्षति पुगेको डोजर– डोल्पाको ठूली भेरी नगरपालिका– ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीको दुई वटा डोजर अज्ञात समूहद्वारा गए राति जलाई  दिएर नष्ट  ।

 

गौश्वारा सामुदायिक वनमा लागेको आगो– म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको गौश्वारा सामुदायिक वनमा लागेको आगो । गत बिहीबारदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

 

कागाजात  जाँच गरिँदै– कोटेश्वर जडिबुटी चोकमा आइतबार सवारी साधनको कागाजात  जाँच गर्दै ट्राफिक प्रहरी ।

 

होली पर्व मनाइँदै– विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीयस्थल भक्तपुर दरबार क्षेत्रमा  होली पर्व मनाइँदै ।


 

देशको दृष्य

विशेष