फोटो

देशको दृष्य

देशको दृष्य

१० फोटोमा देशको दृष्य। फोटोः रासस

मिनी ग्रेटवाल भ्रमण– तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ ।

 

बेनी बजार संरक्षण योजना– म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा कटान रोकथामका लागि ढलान गरेर पक्की पर्खाल निर्माण गरिँदै । रुपाताल एकीकृत संरक्षण परियोजनाले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको हो ।

 

नौ वर्षपछि पूर्ण पुलको काम शुरु– पश्चिम जाजरकोटको छेडा–जुम्ला जोड्ने सडक खण्डको बीचमा रहेको मोर्कखोलामा निर्माण कार्य थालिएको नौ वर्षपछि पूर्ण पुलको काम शुरु गरिएको छ । 

 

हुर्किंदै पुष्पा– राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संरक्षणमा हुर्किंदै गरेकी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बच्चा पुष्पा । अन्य वन्यजन्तुको आक्रमणबाट आफूलाई सुरक्षित गर्नसक्ने भएपछि मात्रै पुष्पालाई प्राकृतिक वासस्थानमा लगेर छोडिने भएको छ ।

 

फेवाताल घुम्न आएका पर्यटक– फेवाताल घुम्न आएका पर्यटकहरु तालको किनारमा डुङ्गाको पर्खाइमा ।

 

चिराइतो  निर्यात गर्दै किसान– ताप्लेजुङका किसान चिराइतो भारत निर्यात गर्न गाडीमा लोड गर्दै । ताप्लेजुङको टिप्ताला नाका १६ महिनादेखि बन्द रहेको छ ।

 

हलेसीको दृश्य अवलोकन गर्दै नगरप्रमुख– त्रिधार्मिक धाम खोटाङको हलेसी मन्दिर आसपास जडान गरिएको सिसि क्यामेरामार्फत दृश्यावलोकन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आपराधिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले रु १५ लाख खर्चेर हलेसी आसपासका थप १३ स्थानमा सिसि क्यामेरा जडान गरिएको हो ।

 

चीन सरकारद्वारा  उपलब्ध  खोप प्रम ओलीलाई  हस्तान्तरण– प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा   प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्दै  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  ।

 

ढुङ्गा छपाई गर्दै मजदुर– मध्यपुर थिमि–४ बालकुमारीमा बाक्लो ढुङ्गा छपाई गर्दै मजदुर । करिब रु दुुई करोडको लागतमा बालकुमारी मन्दिर परिसरदेखि मरुटोल, लायकू, दुुईपोखरी, दिगुटोल, हात्तिमहाकाल, चपाचो हुँदै बाहाखासम्म ७०० मिटर पक्की सडक उप्काएर बाक्लो ढुुङ्गा बिछ्याउने कार्यका लागि हात्तिमहाकालदेखि बाहाखासम्म एउटा उपभोक्ता समिति र बालकुमारीदेखि हात्तिमहाकालसम्म अर्को उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।

 

मासु खरिद गर्न भीड– विराटनगर–१ स्थित मासु पसलमा फागु पर्वका अवसरमा सोमबार खसीको मासु खरिद गर्न भीड । 

देशको दृष्य

विशेष