फोटो

देशको दृष्य

देशको दृष्य

९ फोटोमा देशको दृष्य। फोटोः रासस

र्याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक– भीमदत्त नगरपालिकाको खल्ला मुसेट्टीस्थित महाकाली नदीमा र्याफ्टिङमा रमाउँदै गरेका आन्तरिक पर्यटक । महाकाली नदीमा र्याफ्टिङ शुरु भएपछि आन्तरिक पर्यटक रमाउनका लागि आउन थालेका छन् ।

 

ओथारोमा बसेको ढुकुर– चुरे क्षेत्रको वनमा ओथारोमा बसेको ढुकुर । खेतमा विषादी र रसाइनिक मलको अत्यधिक प्रयोग हुन थालेपछि ढुकुरलगायतका चरा लोप हुन थालेका छन् ।

 

धरान उपमहानगरको वडा २ र ३ को सिमानामा रहेको पार्क– धरान उपमहानगरको वडा २ र ३ को सिमानामा रहेको पार्क । कुनैबेला माछाभौडी भनेर चिनिएको यो क्षेत्रमा व्यापक फोहर हुन्थ्यो । अहिले पार्क निर्माण भएपछि सुन्दर मात्रै भएको छैन दिनहुँ सयौँ आगन्तुक आएर तस्वीर लिने गरेको उपभोक्ता समिति अध्यक्ष सुयोग पाख्रीन बताउछन् । करिब रु साढे एक करोडमा करिब ३ कठ्ठा क्षेत्रमा फैलिएको पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ । 

 

कोरोना कहर : रोजगारी छोडेर घर फर्किदै नेपाली– भारतमा कोरोना भाईरसको सङ्क्रमण पुनः बढ्न थालेपछि नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका नेपाली ।

 

आलु खेती– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ स्थित खेतमा किसानले लगाएको आलु खेती । पनौतीमा आलु उत्पादनमा राम्रो हुने भएकाले कृषक यो खेतीमा आकर्षित छन् ।

 

दुर्घटनाग्रस्त जीप– महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३, सिल्लेगडा बजार नजिकै मङ्गलबार बिहान  दुर्घटना भएको भे १ च ३५११ नम्बरको जीप । जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

 

माछा– धनकुटाको मुलघाट बजारमा तमोर नदीमा मारेर बेच्न राखिएका माछा । धरान–भेडेटार हुँदै जाने कोशी राजमार्गको एक विन्दु मुलघाट यात्रामा आउनेहरुले माछा खरिद गरेर लैजाने गर्छन । मुलघाटदेखि सुनसरीको चतरासम्मको ¥याफ्टिङ यात्रामा आउनेले पनि फर्कँदा तमोरको माछा लिएर जाने गर्छन ।

 

राहुघाट जोड्ने प्रसारण लाइन– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगा वाट क्षमताको राहुघाट जलविद्युत आयोजनासँग जोड्ने प्रसारण लाइन । नेपाल विद्युत प्राधिकरणले दाना–कुश्मा प्रसारण लाइनको मल्लाज खण्डदेखि राहुघाट जोड्न प्रसारण लाइन बनाएको हो ।

 

रोपाइँ गर्न बीउ काढ्दै किसान– तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न  बीउ काढ्दै किसान । जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् ।

देशको दृष्य

विशेष