फोटो

देशको दृष्य

देशको दृष्य

९ फोटोमा देशको दृष्य। फोटोः रासस
 

इमान्दार ट्राफिक पुरस्कृत– आर्थिक प्रलोभनमा नपरेका ट्राफिक प्रहरीलाई पुरस्कृत गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुधबार आयोजित कार्यक्रममा महाशाखाप्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइ ।

 

बेमौसमी काक्राखेती– कैलालीको चुरे गाउँपालिका–५ का किसानले आधुनिक प्रविधिको प्रयोगबाट  गरेका बेमौसमी काक्राखेती ।

 

व्यावसायिक कुखुरापालन– तनहुँको बन्दीपुर गाउँपालिका–१ का  बलहादुर रानाले व्यावसायिक रुपमा पालेको स्थानीय जातका कुखुरा । उक्त वडामा व्यावसायिक कृषि फार्म विस्तार भइरहेको छ ।

 

पशुलाई खोप लगाइँदै– दाङको शान्तिनगर गाउँपालिकामा पशुलाई रोग प्रतिरोधी खोप लगाउँदै पशु प्राविधिक ।

 

भक्तपुरको दरबार स्क्वायर परिसरमा फुलेको फूल– भक्तपुरको दरबार स्क्वायर परिसरमा ढकमक्क फुलेको फूल  ।

 

बायो ग्यास प्लान्टको अवलोकन– व्यास नगरपालिका–१० स्थित शिशुवा भतेरीमा कुहिने फोहरबाट निर्माणाधीन बायोग्यास प्लान्टको बुधबार अवलोकन गर्दै व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष तुलसीराम सापकोटालगायतका पदाधिकारी । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाएर व्यवस्थापन कार्य थालेको छ ।

 

पुल निर्माण गरिँदै– स्याङ्जाको गल्याङ–चापाकोट सडक खण्डको चापाकोट– १० आँधीघाटमा पक्की पुल निर्माण गरिँदै । पुल निर्माणसँगै विशेषगरी वर्षायाममा सवारी आवतजावतमा सहजता हुनेछ ।

 

निर्माणधीन भ्यू टावरको अवलोकन– जिल्लाको ऋषिङ गाउँपालिका–८ गढीडाँडामा निर्माण भइरहेको गढी भ्यू टावरको मङ्गलबार अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतका । गाउँपालिकाले उक्त गढीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गर्न लागेको छ ।

 

कष्टकर जीवन बिताउँदै जमरकट्टेल– कास्की जिल्लाको मादी गाउँपालिका– ९ गोर्र्जेस्थित छाप मैदानमा गुन्द्रीको सहायतामा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिक द्रौपदी जमरकट्टेल । स्वासप्रश्वासको रोगले ग्रसित ९१ बर्षीया जमरकट्टेल आर्थिक अभावको कारण उपचार गर्न नसक्दा विगत सात वर्षदेखि कष्टकर जीवन बिताउन बाध्य हुनुहुन्छ ।

देशको दृष्य

विशेष