पर्यटन

जनकपुरको एतिहासिक जनक मन्दिर : एक परिचय (फोटो फिचर )

जनकपुरको एतिहासिक जनक मन्दिर : एक परिचय (फोटो फिचर )

वीरेन्द्र रमण
जनकपुरधाम
जनक मन्दिर जनकपुरधामका पौराणिक मन्दिरहरु मध्ये एक मानिन्छ । यो मन्दिर धनुष सागरको उत्तर पश्चिमपटिट रहेको छ । यो मन्दिर रहेको ठाउ जनक चोकको नामले प्रख्यात छ । यस मन्दिरमा मुख्य रुपमा महाराजा जनक , सुनयना , सिता , गोपाल र अन्य देविदेवताहरुको पुजाआजा गरिन्छ । 
यस मन्दिरको स्थापना मणिक सेनाको पालामा भएको हो । यसको निर्माण अमरसिंह थापाले विक्रम संवत १८३९ मा गरेका हुन । विक्रम संवत १९९० को महाभुकम्पमा मन्दिर भत्केकोले वि.सं. १९९४ मा राम शमसेरले अहिलेको शिखर शैलीको मन्दिर बनाउन लगाएका हु । 
मन्दिरको गर्भगृहमा संगमरमरको सिंहासनमा भगवानहरु सिंगारेरर राखिएको छन ।भगवानहरु दक्षिण देखि उत्तर सम्म क्रमशः शतानन्द, राजश्री , सुनयैना , सिता सिरध्वज जनकको मुर्ति राखिएको छ । जनकको मुर्ति खण्डित अवस्थामा राखिएको छ । जसलाई विदेह मुर्ति भनिन्छ । भनिन्छ यो मन्दिर त्यस ठाउमा निर्माण गरिएको जहा पौराणिक कालमा शिव धनुष राखिएको थियो । जो शिव धनुषलाई सितालो बांया हातले उठाएका थिए भने भगवान रामलेले स्वयम्बरमा भाचेका थिए मन्दिरको पुर्व मुखको  र पुजारीहरु आउन जान मन्दिरको दक्षिणपटिट सानो प्रवेशव्दार छ । मन्दिरको अगाडि सानो गजमोहन छ । भक्तजन र दर्शनालुहरु यहीबाट भगवनाको पुजा आजा गर्दछ । 
मन्दिरको अगाडि मन्दिरभित्र प्रवेश गर्ने प्रवेशवदार नजिक शितला माईको सानो मुर्ति छ। यहाको पश्चिमा पादुका , भैरव , काठका मुर्तिहरु छन । यहानेर शितलामाईको अर्को टाउको नभएको कालो पत्थरक मुर्तिहरु छ । अहिले यतिको टाउको सिमेन्ट र बालुवाले बनाइएको छ । मन्दिरको दक्षिणमा शिव पार्वतीको कलात्मक पत्थरको मुर्ति । यो मुर्तिआज भन्दा तीस वर्ष अगाडि एक भक्तजनले  ल्याएर राखि दिएका छन । मन्दिर बस्ने उत्तर तर्फको सानो गेट छ  । मन्दिरको पुव उत्तर कुनामा मलंगबाबाको समाधिस्थल छ । भनिन्छ मलंग बाबा महाराजा जनकको व्दापाल थिए । मन्दिरको पुर्वउत्तर डण्डिश्वेरनाथ महादेव मन्दिर छ । युको स्थापना दामामोदर प्रसाद उपाध्यायले गरेका हुन । यहा पनि गणेश ,शिव नन्दी आदि भगवानका संगमरमरका मुर्तिहरु राखेर पुजाआजा गर्ने गरिएको छ। 
मन्दिको चार तिर पर्खालले घेरिएको ढिस्को माथ रहेको देखिन्छ । मन्दिरको परसिर १ कठठा १७ धूर २ कन्माको छ । यो गुठि अधिनस्त मन्दिर हो। यसको संचालन खर्च गुठिबाट ज्याहोेृ गरिकएको छ । मन्दिरको वर्तमान पुजारी  वैद्यनाथ गिरि हुन । मन्दिरको पुर्वपटिट चारैतिर झयागिएको पिपलको रुख छ । यसको चारैतिर चौतारा बनाई चारैतिर ईटा र सिमेन्टको वेन्च बनाई बस्ने लायक ठाउ बनाइएको छ । यसले गर्दा यहा मासिनहरु बसि रहेको देखन्न सकिन्छ । 

विशेष