निषेधाज्ञामा यसरी बन्दैछ नयाँ बानेश्वरको स्काई ट्रस ब्रिज (फोटो फिचर)
काठमाडौ उपत्यकामा जारी गरिएको निषेधाज्ञाकाबिच नयाँ बानेश्वर चोकमा धमाधम स्काई ट्रस ब्रिज निर्माण भैईरहेको छ । यातायातका साधन र पैदल यात्रीको भिडले भरिने नयाँ बानेश्वर चोकमा स्काई ट्रस ब्रिज निर्माण गर्न थालिएको छ । पैदल यात्रीको सहजताकालागि सडक विभाग काठमाडौले पुल निर्माण गर्न लागेको हो । यातायातका साधन र मानिसहरुको भिडले निकै व्यस्त मानिने नयाँ बानेश्वर चोकमा पुल निर्माण भएपछि पैदल यात्रीले ट्राफिक बत्ति पर्खिनु पर्ने छैन ।
स्काई ट्रस ब्रिज